जनता बंैक र बुम रेमिट्यान्स सम्झौता

0

जनता बंैक नेपाल लिमिटेडले आफ्नो “जनता रेमीट” को मुख्य एजेन्ट भई काम गर्न बुम रेमिट्यान्स प्रा लि. लाई नियुक्त गरेको छ ।
जनता बंैक नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवर क्षेत्रीेले र बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले यससम्बन्धी सम्झौतामा हस्तक्षर गर्नुभयो ।
सम्झौता बमोजिम “जनता रेमिट” मार्फत पठाएको रकम बुम रेमिट्यान्स प्रा. लि. ले आफ्नो एजेन्ट र शाखाहरु मार्फत भुक्तानी गर्नेछ भने बुम रेमिट् मार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बंैक नेपाल लि. ले आफ्नो एजेन्ट र शाखाहरु मार्फत भुक्तानी गर्नेछ ।
बुम रेमिट्यान्स र जनता बंैक नेपाल लि. दुबैको गरेर नेपालमा ७७ वटै जिल्लामा १० हजार वटाभन्दा बढी सब–ऐजेन्टहरु छन् भने जनता बंैक नेपाल लि. को नेपाल भरी १ सय ७ वटा शाखाहरु छन् । बुम रेमिटले जनता बंैक नेपाल लि.स‘ग सहकार्य गरी विदेशमा समेत बजार प्रर्वद्धन गरी विदेशमा रहेका नेपालीले विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाउने समेत सम्झौता भएको छ ।
हाल बुम रेमिट्यान्सले खाडि मुलूकहरू र हङ्गकङ्गबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाँडै नै मलेसिया, कोरिया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार शुरु गर्ने जनाएको छ ।
आन्तरिक सञ्जाललाई तिव्ररूपले विस्तार गर्दै आएको जनता बैंक तथा बुम रेमिट दुबैले विदेशमा पनि आफ्नो सञ्जाललाई तिब्ररूपले विस्तार गर्दै जाने रणनीति लिएको छ ।