धनुषाको पूर्वी क्षेत्र धारापानीमा बिहीबार बम विस्फोट हुँदा विस्फोटमा परी जंगलमा घाँस काट्नका गएकि एक महिला घाइते भएकी छिन् ।
घाइतेको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाधाम नगरपालिका–९ धारापानी भिमानमा विस्फोट भएको छ । राजमार्गभन्दा पाँचसय मिटरभित्र जंगल क्षेत्रमा बम विस्फोट भएको हो ।
घटनास्थलमा जनकपुरबाट प्रहरी उपरीक्षकसहितको टोली पुगेको छ ।
बम विस्फोट गराउने समूहको पहिचान खुलेको छैन । प्रहरीले अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।