मेडिसिटी अस्पतालमा १० प्रतिशत छुट ग्लोबल आइएमईका ग्राहकलाई 

0

ग्लोबल आईएमई बैंकका ग्राहकले मेडिसिटी अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट पाउने भएका छन् ।

ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मेडिसिटी अस्पतालबीच बुधबार एक सम्झौता हस्ताक्षर भएसँगै आईएमईका ग्राहकले छुट पाउने भएका हुन् ।

सम्झौतामा नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट क्रेडिट र डेबिट कार्ड लिएका बैैंकका ग्राहक तथा बैंकका कर्मचारी एंव कर्मचारीका परिवारले हस्पिटलले प्रदान गर्ने सेवामा १० प्रतिशतसम्म छुट पाउने उल्लेख  छ । यद्मपि, औषधी, उपभोग्य वस्तु, प्रत्यारोपण सामग्री एंव चिकित्सकको परामर्श शुल्कमा भने छुट पाइने छैन । बुधबार आयोजित एक कार्यक्रमका बीच ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १२० वटा शाखा, १२८ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७९ वटा शाखारहित बैंकिङ सेवामाफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टेलिया, बेलायत र भारतमासम्र्पक कार्यालय स्थापना गरेर नेपालीहरुलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।