गणेशमान स्मृति हस्पिटल तथा रिसर्च सेन्टरको अायोजनमा अाजदेखि गणेशमान स्मृति बुद्धिचाल प्रतियोगिता सुरु भयो।
अाज सम्पन्न भएको खेलमा शिर्ष वरियताका खेलाडीहरु वर्तमान नेपाल च्याम्पियन मदनकृष्ण कायस्थ ,फिडे मास्टर मनिष हमाल, नेपाल च्याम्पियन बिलमलाल श्रेष्ठ ,रबिन्द शाक्य, पुर्व नेपाल च्याम्पियन शुरविर लामा, भेट्रान गणेशमान दुवाल,सबिन घिमीरेले सफलता हात पारेका छन् । त्यसैलाई केशव श्रेष्ठ , राजेन्द्र प्रसाद श्रेष्ठ ,अबिरल राई,हरिचन्द्र चौलागाईंले पनि जीत निकालेका छन् ।
गणेशमान मेमोरियल हस्यपिटलका अध्यक्ष दिपक बाँस्कोटाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा ललितपुर महा नगरपालिकाका मेयर चिरीबाबु महर्जनले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो। उदघाटन समारोहमा एशियन जोनल 3.2 का अध्यक्ष राजेशहरी जोशी लगायतले प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
चैत २६ गतेसम्म संचालन हुने प्रतियोगितामा ७० जना खेलाडीहरुको सहभागिता रहेका छन्।