राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितलाई अनुदान लिने समय थपेको छ । भूकम्प पीडितलाई दोस्रो किस्ताको अनुदान दिने समय तीन महिनाको लागि थपेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको समितिको बैठकले भूकम्प पीडितलाई दोस्रो किस्ताको अनुदान दिने म्याद चैत्र मसान्तबाट असार मसान्तसम्मको लागि थपेको हो ।
बैठकले सेवाग्राहीलाई सहज हुने गरी कार्यविधि संशोधन गर्ने प्रस्ताव पनि स्विकृत गरेको छ । त्यसैगरी निजी आवास निर्माणको कामलाई पहिलो प्राथमिकतामा पनि राखिएको छ । त्यसपछि क्रमशः स्वास्थ्य, शिक्षा, पुरातात्विक र अन्य पूर्वाधारको कामलाई अघि बढाउने गरी कामको प्राथमिकता पनि निर्धारण गरिएको प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बताउनु भयो ।