सेञ्चुरी बैंकद्वारा कम्प्युटर हस्तान्तरण

0

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तीन थान कम्प्युटर चण्डेश्वरी उच्च मावि काभ्रे–४, बनेपालाई उग्रचण्डी नाला समाजमार्फत् हस्तान्तरण गरेको छ । सो कम्प्युटर सेञ्चुरी कमर्सियल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।

बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्सटेन्सन काउन्टर र उपत्यकाबाहिर ८२ शाखा र ३ वटा एक्सटेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।