महान्् भौतिक तथा खगोल बैज्ञानिक स्टेफन हकिंगको अन्तिम संस्कार क्याम्ब्रिज युनिभर्सिटी कलेजनजिकै एक चर्चमा हुने बताइएको छ ।
हकिंगले क्याम्ब्रिज कलेजमा ५० बर्ष भन्दा बढी समय प्राज्ञिक भएर विताएका थिए । त्यसैले पनि उनको अन्तिम संस्कारका लागि उक्त स्थान चयन गरिएको बताइएको छ ।
अन्तिम संस्कार अत्यन्तै निजिस्तरमा हुने बताइएको छ । विश्वको प्रख्यात वैज्ञानिक तथा लेखक मध्येका एक हकिंगले मार्च १४ मा ७६ बर्षको उमेरमा क्याम्ब्रिज स्थित आफ््नै घरमा अन्तिम स्वास लिएका थिए । हकिंगका सन्तानहरुको इच्छा अनुसार गन्विलमा युनिभर्सिटी अफ सेन्ट मेरी द ग्रेट र क्याम्ब्रिज युनिभर्सिटीको केयुस कलेजमा उनको अन्त्यष्टी कार्यक्रम निजीस्तरमा सम्पन्न गरिएको थियो । जसमा परिवार, मित्र र सहकर्मीसहित करिब ५ जना भेला भएका थिए ।
विश्का यी चर्चित वैज्ञानिकले ब्रम्हाण्डको रहस्य खोजका लागि गणितय प्रमाणहरु तयार गरेका थिए । उनको पछिल्लो सिद्धान्तले ‘बहु ब्रम्हाण्ड‘को उपस्थितिको प्रमाण खोज्न सकिने बताइएकोछ । हकिंगको जन्म इग्ल्यान्डको अक्सफोर्डमा सन्् १९४२ जनवरीमा भएको थियो । उनी जन्मेको दिन महान खगोलशास्त्री ग्यालेलियोको ३ सय ३० पुण्यतिथि थियो । (एजेन्सी)