नबिल इन्भेष्टमेन्ट बैंकिङको प्रमुख कार्यकारी अधिकृतमा सबिरबादे श्रेष्ठ नियुक्त हुनु भएको छ ।
कम्पनीको ६८औं सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो । श्रेष्ठ विगत २ वर्षदेखि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमा प्रमुख–इन्भेष्टमेन्ट बैंकिङको जिम्मेवारी बहन गर्दै आउनुभएको थियो । श्रेष्ठले लण्डनबाट एसीसीए र काठमाडौं विश्वविद्यालयबाट ईएमबीइए गर्नुभएको छ । उहा“ले ६ वर्ष लण्डनमा अवस्थित विश्वको पा“चौं ठूलो अडिट फर्म बीडीओ इन्टरनेसनलमा समेत काम गर्नुभएको थियो ।