पञ्चकन्या ग्रुपले आप््mनो विभिन्न उद्योगद्वारा उत्पादित निर्माण सामग्रीको बारे जानकारी गराउने उद्देश्यले शहरी विकास तथा भवन निर्माण विभागका प्रतिनिधिस“ग अन्तरक्रिया गरेको छ ।
उक्त कार्यक्रममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्जलकुमार श्रेष्ठले उद्योगका उत्पादनबारेमा प्रस्तुति राख्नुभएको थियो भने निर्देशक उदिप श्रेष्ठले आफ््नो धारणा राख्नुभएको थियो ।
पञ्चकन्या गु्रपका सेल्स एण्ड मार्केटिङ म्यानेजर शम्भु कर्णले कम्पनीको लाइट गेज स्टिल स्टक्चरको (एलजीएस) विषयमा प्रस्तुति गर्नुभएको थियो ।
त्यस्तै कम्पनीका सेल्स म्यानेजर हर्कबहादुर थापा मगरले एचडीईपी, पीभीसी, पीपीआर र सीपीभीसी पाइप विषयमा जानकारी दिनुभएको थियो ।
शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक शिवहरी शर्मालगायतको उपस्थितिमा भएको उक्त कार्यक्रममा उद्योगले उत्पादन गरेको विभिन्न पाइप, प्लास्टिक, डन्डी, फिटिङ सामग्री र ती सामग्रीहरुको गुणस्तरीयताबारे छलफल गरिएको थियो ।