शुक्रबार बिहान पपुवान्युगिनीमा ७.५ रेक्टरको भूकम्प जाँदा १५ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
त्यहाँको राष्ट्रिय दैवी प्रकोप केन्द्रले तत्कालै भूकम्पबाट भएको क्षतिबारे अध्ययन गरिने बताएको छ । घाइतेहरूको अवस्था गम्भीर भएकोले मृत्तक संख्या बढ्न सक्ने समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । करिब ७ मिलियन मानिसहरू भूकम्पबाट प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।