सुनको मूल्य घट्यो, कती पुग्यो हेर्नुहोस्

0

साताको अन्तिम दिन तोलामा ५७ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हप्ताको पहिलो दिन आइतबार तोलाको ५८ हजार ५ य रुपियाँमा कारोबार भएको थियो भने बुधबार तोलामा २ सय रुपियाँ घटेको सुनको भाउ बिहीबार ४ सय रुपियाँ घटेर कारबोर भएको थियो ।

त्यस्तै शुक्रबार तोलामा ५७ हजार ८ सय रुपियाँमा कारोबार हुँदा समग्रमा यो सातामात्रै सुनको भाउ तोलामा ७ सय रुपियाँ घटेको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हप्ता चाँदी तोलमा ५ सय रुपियाँ घटेर ७ सय ४० रुपियाँमा कारोबार भइरहेको छ ।