नेपालका लागि टाटा मोटर्स्को आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिद्वारा आयोजित मार्केटिङ प्रतियोगितामा नेपालका विभिन्न कलेजका एमबीए विद्यार्थीको सहभागिता रहेको थियो । यस प्रतियोगिताअन्तर्गत प्रतियोगीले टाटा नेक्सनका लागि टेलिभिजन विज्ञापन बनाउनुपर्ने थियो ।
एक इभेन्टमार्फत् सिप्रदी टे«डिङ प्रालिले नेक्सन लेभल नेक्स अन्तर कलेज मार्केटिङ प्लान प्रतियोगिताका विजेताको घोषणा गरेको थियो । सहभागी सबैले नेक्सनका लागि आफ्ना मार्केटिङ प्लानहरु प्रस्तुत गरेका थिए । मार्केटिङ प्लान प्रजेन्टेसन्, टेलिभिजन विज्ञापनको प्रोडक्सन र सेयरिङ समावेश रहेको उक्त प्रतियोगितामा युनिग्लोब कलेज विजेता घोषित भएको थियो भने सिम कलेज पहिलो रनर–अप र एआईबीएस कलेज दोस्रो रनर–अप बन्न सफल भएको कम्पनीले जनाएको छ । प्रतियोगिताको विजेता कलेजले पुरस्कार स्वरुप क्रमशः १ लाख ७५ हजार, ५० हजार रुपिया“ प्राप्त गरेका थिए ।
सिप्रदी टे«डिङ प्रालिका सीईआ राजनबाबु श्रेष्ठ भन्नुहुन्छ– ‘यस्तो प्रतियोगिता सिप्रदीले पहिलोपटक आयोजना गरेको हो । यस प्रतियोगितामार्फत् आएका आइडिया र इनोभेसन देखर हामी निकै नै प्रशन्न छौं । आगामी दिनमा पनि युवा र गतिशील दिमागस“ग साझेदारी गरी हामी यस्तो प्रतियोगिता निश्चितरुपमा गर्नेछौं ।’