प्रभु बैंकको बडिगाडमा शाखा खुल्यो

0

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीलाई सरल र सहज रुपमा बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ प्रभु बैंकले बागलुङको बडिगाड गाउ“पालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बडिगाड शाखा बडिगाड गाउ“पालिकाका अध्यक्ष मेहरसिंह पाइजाले उद्घाटन गर्नुभयो ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा बागलुङ जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संंघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।