‘एकसाता भित्रै बामपन्थी शक्तिबीच पार्टी एकता हुन्छ’

0

प्रेश चौतरी नेपाल सर्लाहीले हरिबनमा आयोजना गरेको पत्रकार संम्मेलनमा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एकसाता भित्रै बामपन्थी शक्तिबीच पार्टी एकता हुने बताउनुभएको छ ।

उनले भने, राजनीतिक प्रतिवेदनको टुङ्गो लगाएर यो हप्ताभित्रै बामपन्थी शक्तिका बिच पार्टी एकिकरण हुने बिश्वास ब्यक्त गर्नुभएको हो ।

नेता नेपालले पार्टी एकतासँगै अबको पाँच वर्षमा सरकारको विकासको अवधारणसहित विकासको ब्लु प्रिन्ट, तयार गरेर काम कार्वाही तीब्रता दिने बताउनुभयो ।

भारत सरकारको विशेष आग्रहमा प्रधानमन्त्रीको भारत भ्रमण हुन लागेको स्पष्ट पार्नुभयो ।

संविधानमा भएका त्रुटी सच्याउँदै सबैको भावना समेट्नु पर्ने उहाँको भनाई छ । उहाँले केही लोकतान्त्रिक शक्तिलाई पनि सरकारमा ल्याउने प्रयास भइरहेको बताउनुभयो ।