म्यान्मारमा नयाँ राष्ट्रपति छनोट

0

म्यान्मारको संसद््ले बुधवार नयाँ राष्ट्रपतिमा विन मिन्टलाई छनोट गरेको छ ।

एकसाता अघि मात्र टिन क्याले राष्ट्रपति पदबाट राजिनामा दिएका थिए । म्यान्मारका प्रजातन्त्रवादी नेतृ आंग सान सुकीका निकटतम सहयोगीको रुपमा चिनिने विन मिन्ट सन्् २०१२ देखि संसद््को तल्लो सभाको सभामुख रहँदै आएका थिए ।

उनलाई राष्ट्रपति बनाइने बलियो अनुमान यसअघि नै राजनीतिक विशलेषकहरुले गरेका थिए । सुकी स्वयम्् पर्दा पछाडिको राष्ट्रपतिको भूमिकामा रहेकाले विन मिन्टको भूमिका आलंकारिक राष्ट्रपतिको मात्र रहने स्पष्ट रहेको छ । स्वास्थको कारण जनाउँदै टिन क्याले राजिनामा दिएका थिए ।

त्यसपछि संसद््संग नयाँ राष्ट्रपति चुन्ने सात दिनको अवधि रहेको थियो । हिजो तीनजना उपराष्ट्रपति मध्येबाटै ६६ वर्षीय विन मिन्टलाई संसद््ले निर्वाचित गरेको हो । गत साताको शुरुमै विनलाई उपराष्ट्रपति बनाइए उनी भावी राष्ट्रपति हुने संकेत मिलेको थियो । उनी लामो समयदेखि सुकीको नेसनल लिग फर डेमोक्रेसीका वफादार सदस्य रहँदै आएका थिए ।