वृज सिमेन्ट इण्डष्ट्रि«ज प्रालि तथा केडिया अर्गनाइजेसनको संयुक्त प्रयासमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालको हिमाली जिल्लामा निःशुल्क औषधि, प्राथमिक उपचार, सुलभ शिक्षा प्रदानका लागि कार्यरत मेडिसिन इन रिमोट एरियाज हिमालय (मिरा हिमालय संस्थास“ग ३ वर्षको लागि माथि उल्लेख गरिएका सेवामा सहयोगको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यो सम्झौता केडिया अर्गनाइजेसनअन्तर्गतको वृज सिमेन्ट इण्डष्ट्रि«ज प्रालि, मिरा हिमालय तथा पुष्पतारा केडिया फाउन्डेशन बीच सम्पन्न भएको हो ।
हिमाली क्षेत्रमा मिरा हिमालय (दुर्गम क्षेत्रहरुमा औषधि, हिमालय), एक परियोजना जसको विस्तारको सुरुवात एड््रिन हायसले मिसन हिमालय नामक संस्थास“ग मिलेर गर्नुभएको थियो ।‘एड््रिन हायस’ भूकम्प पश्चात्् सेप्टेम्बर २०१५ मा आफ््््नो चिकित्सा सहकर्मी रोयस्टन पोल्डिङस“ग सहयोगको अन्तिम चरण अवलोकन गर्ने क्रममा उक्त परियोजना निर्माण गरी सहयोगको लागि प्रोत्साहित हुनुभएको थियो ।
वृज सिमेन्ट, पुष्पतारा फाउन्डेसन र मिरा हिमालयबीच भएको सम्झौताअनुसार वृज सिमेन्ट र पुष्पतारा फाउन्डेसनको तर्फबाट मिरा हिमालय (दुर्गम क्षेत्रमा औषधि, हिमालय) परियोजनाका लागि त्यस क्षेत्रका जनतालाई आवश्यक पर्ने भौतिक संरचना निर्माण, प्राथमिक उपचार तथा औषधि वितरणमा सहयोगको एक कोषेढुंगा सावित हुने कम्पनीको अपेक्षा रहेको छ । यस कार्यका लागि वृज सिमेन्ट एवं पुष्पतारा केडिया फाउन्डेशनबाट ५ लाख रुपिया“बराबरको सहयोग गरिने भएको छ जुन सहयोग तीन वर्षसम्मको लागि निरन्तर हुनेछ । जसलाई प्रत्येक वर्ष नवीकरण गरिनेछ ।