ब्राजिलद्वारा जर्मनी पराजित

0

अन्तरराष्ट्रिय मैत्री खेलमा ब्राजिलले जर्मनीलाई पराजितगरेको छ ।
ब्राजिलका ग्याब्रियल जेससको एक मात्र गोलले जर्मनीलाई स्तब्ध पारेको छ ।
खेलको ३७औं मिनेटमा विद्याको पासलाई सदुपयोग गर्दै जेससले गरेको गोल नै निर्णायकमा साबित हुने पुग्यो ।
अर्को खेलमा इंग्ल्यान्ड र इटाली १(१ को बराबरीमा चित्त बुझाए । जेमी भार्डीले २६ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । तीन मिनेट समय बाँकी रहँदा इटालीले पेनाल्टी पाए । लोरेन्जो इन्सिन्याले पेनाल्टीको सदुपयोग गर्दै खेल बराबरीमा ल्याए ।