शिक्षक सेवा आयोगले चैत २३ गते लिन गइरहेको शिक्षकको आन्तरिक परीक्षा स्थगित गनुपर्ने भन्दै माइतीघर मण्डलामा विद्यार्र्थी संघर्ष समिति नेपालले आमरण अनशन शुरु गरेको छ । विद्यार्थी संघर्ष समितिले नेपालले विभिन्न आठबुँदे माग राख्दै अनसन शुरु गरेको हो । विरोध कार्यक्रमका समितिका संयोजक पुष्कर शर्माले परीक्षा स्थगित गरी खुला प्रतिस्पर्धाबाट दक्ष जनशक्ति राख्नुपर्ने बताए । उनले भने, शिक्षा ऐन २०२८ नवौँ संशोधनबमोजिम आन्तरिकतर्फ मात्र परीक्षा लिन थालेकाले त्यसमा दक्ष जनशक्तिले प्रतिस्पर्धा गर्न नपाउने परिस्थिति बनेको भन्दै परीक्षा स्थगित गर्न माग गरिएको बताए ।
विसं २०७२ असोज पछाडि रिक्त रहेका पदसमेत समावेश गरी पदपूर्तिका लागि खुला विज्ञापन गरिनुपर्ने, प्रत्येक वर्ष शिक्षक सेवा आयोगले खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि विज्ञापन खुलाउनुपर्ने, अध्ययन अनुमतिपत्र रहेका वर्ष खुलाउनुपर्ने माग सो समितिको छ । यस्तै शिक्षा ऐन २०२८ नवौँ संशोधन राष्ट्रको हितमा नरहेकाले तत्काल खारेज गर्नुपर्ने, सम्पूर्ण सरकारी कर्मचारी तथा शिक्षकको आफ्ना छोराछोरी अनिवार्यरुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने, शिक्षामा राजनीतिक हस्तक्षेत बन्द गर्नुपर्ने लगायतका माग समितिले राखेका छन् ।
शिक्षकमा खुल्ला प्रतिस्पर्धा गर्न माग राख्दै अनशन शुरु
0हेमराज थापा, राजन लम्साल, रामचन्द्र शाही, मिलन बास्तोला र शशांक बोहरालगायत अनशनमा बसेका छन् ।