ह्वातै बढ्यो सुनको मुल्य, हेर्नुहोस नयाँ मुल्य कति पुग्यो

0

सुनको मूल्य एक सातामा १ हजार ३ सय रुपैयाँले बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ५८ हजार ८०० रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ५८ हजार २ सय रुपैयाँ छ ।  चाँदीको मूल्य पनि विगत पाँच दिनदेखि स्थिर छ । सोमबार चाँदीको मूल्य प्रतितोला ७४५ रुपैयाँ कायम भएको छ ।