अग्नि ग्रुप प्रालिको आधिकारिक सर्भिस सेन्टर बालाजु अटो वक्र्स प्रालिले हालै उत्कृष्ट प्राविधिक प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगिता कार्यक्रममा कम्पनीले महिन्द्रा एन्ड महिन्द्रा इन्टरनेसनलस“गको सहकार्यमा विगतका वर्षमा पनि गर्दै आएको थियो ।
यो प्रतियोगितामा नेपालभरका महिन्द्राका डिलर सहभागी भएका थिए । प्रतियोगिताको पहिलो दिन तालिम प्रदान गरिएको थियो भने दोस्रो दिन प्रतियोगिता सम्पन्न गरिएको थियो । तालिमको संयोजन सन्तोष पौडेलले गर्नुभएको थियो भने तालिम बलराम सत्यालले दिनुभएको थियो । तालिममा सर्भिस म्यानवापरलाई काम गर्ने तरिका, गुणस्तरीयता, जस्ता प्राविधिक एवम्् आधारभूत विधिसम्बन्धी तालिम प्रदान गरिएको थियो ।
यो प्रतियोगिताको मुख्ध्येय भनेको उपयुक्त प्रतिस्पर्धीको छनोट गरी आगामी दिनमा तालिमको आवश्यकतालाई पहिचान गर्नु रहेको छ । २३ व्यक्तिको सहभागीमध्ये अष्टनारायण महर्जन एएम अटोमोबाइलस, बल्खु अनुपकुमार मिश्र, गणपुर अटोवक्र्स, नेपालगन्ज, मणिराम चौधरी, दक्षिणकाली इन्कर्पोरेटेड,धनगढी विजयी भएका छन्् ।
पहिलो र दोस्रो रनर अपका विजयीलाई आयोजकले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेको थियो भने सहभागी सम्पूर्ण प्रतिस्पर्धीहरुलाई सहभागीताको प्रमाण पत्रवितरण गरिएको थियो । उक्त समारोहमा कम्पनीका कन्ट्री म्यानेजर तपस पटनायक, शिवसुदन श्रेष्ठ (एजिएम अग्नि) तथा प्रमोद क्षेत्री (बीएम वीरगन्ज) को गरिमामय उपस्थिति रहेको थियो ।
