सिटिजन्स बैंक इन्टरनेसनलले करिब २५ वर्षदेखि बाल अधिकार क्षेत्रमा सक्रिय बाल विकास समाजलाई १ लाख ५० हजार रुपिया“ आर्थिक सहयोग गरेको छ ।
बैंकले हरेक वर्ष वार्षिको उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउ“दै आएको छ ।
बाल विकास समाजका अध्यक्ष सुवास गौतमले उक्त रकमबाट १५ जना गरीब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने कुरा जानकारी गराउनुभयो । कार्यक्रमलाई सम्बोेधन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले मानिसमा उद्यमशिलताको विकास हुनु आवश्यक रहेको कुरालाई जोड दिनुभयो ।
