नेपाल तरुणदल काठमाडौं जिल्ला समितिले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकों स्मृती दिवसको अवसरमा मंगलबार ‘तरुण अन्तरसंवाद कार्यक्रम’ आयोजना गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवले गिरिजाप्रसाद कोइरालाको योगदान बारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्यहरु नविन्द्रराज जोशी, गुरुराज घिमिरे, रामकृष्ण यादव, गोविन्द भट्टराई, जीवन परियार, बद्री पाण्डे, काठमाडौं जिल्ला सभापति कृष्ण (सवुज बानिया) प्रदेशसभा सांसद छिरिङ दोर्जे लामा, नेपाल विद्यार्थी संघ प्राविधिक विद्यार्थी परिषद्का अध्यक्ष सिजन दाहाललगायतले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
विशिष्ठ अतिथि नविन्द्र राज जोशीले अबको कांग्रेसको भरोसा तरुणदल भएकाले चुस्त र दुरुस्त संगठन निर्माण गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो– तरुणदलको संगठन वडा तहसम्म भएकाले यसले जनताको मन जित्ने कार्यक्रम देशैंभरि लैजान सकिने बताउनुभयो ।’
नेताहरुले संगठन सुदृढीकरणमा तरुणदलको अहम भूमिका हुने भएकाले गुट–उपगुटमा नलागेर पार्टीका नेताहरुले गल्ती गरेमा खबरदारी गर्नुका साथै आफू पनि जिम्मेवार भएर संगठनमा लाग्न सुझाव दिनुभयो ।
कार्यक्रमका सभापति कृष्ण जी खड्काले देशको बदलिँदो राजनैतिक परिस्थिति, पार्टी र दलको कमी कमजोरीलगायतका विषयमा गम्भीर छलफल तथा अन्तरसंवाद गरेर निष्कर्षका साथ अघि बढेमा कांग्रेस सुदृढ हुन सक्ने निष्कर्षसहित अन्तर संवादको थालनी गरेको र यसलाई निरन्तरता दिने बताउनुभयो ।

नेपाली कांग्रेस केन्द्रीय कोषाध्यक्ष यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तरुणदल काठमाडौं जिल्ला सचिव दिनेशविक्रम साहले सञ्चालन गरेको थियो भने सहसचिव शितल बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो ।
तरुणदल काठमाडौं जिल्ला अध्यक्ष खड्काको सभापतित्वमा सम्पन्न भएको थियो ।
