नेपालको लागि महिन्द्रा टु हुवीलरको आधिकारिक बिक्रेता अग्निमोटो इन्कले आगामी नयां वर्षको उपलक्ष्यमा विशेष योजना प्रस्तुत गरेको छ । नयां वर्षको उपलक्ष्यमा महिन्द्रा टु हुवीलरले ‘महिन्द्रा चढौं, खुशी मल्टिप्लाइ गरौं’ भन्ने योजना प्रस्तुत गरेको छ ।
यस नयां वर्षको योजनाअन्तर्गत महिन्द्रा टु हुवीलरको खरिदमा प्राप्त हुने कुपन स्क्र्याच गरी त्यस कुपनमा देखिएको अंक ५–१०० लाई २०७५ ले गुणन गर्दा हुन आउने नतिजा बराबरको रकम छुट स्वरुप प्राप्त गर्न सक्नुहुने छ ।