एभरेस्ट बैंकको नया“ काउन्टर खुल्यो

0

एभरेस्ट बैंकले मोरङको विराटचोकमा नयां एक्सटेन्सन काउन्टर उद्घाटन गरेको छ ।
उक्त काउन्टरको सुन्दर हरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, बैकका प्रमुख कार्यकारी अधिकृत सोमेस्वर सेठले संयुक्तरुपमा गर्नु भएको थियो ।

उक्त कार्यक्रममा सुन्दर हरैचा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज चापागाई, उद्योगी भोला दुलाललगायतको पनि उपस्थिति थियो ।

एभरेस्ट बैंकले हाल आफ्ना ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटीएम तथा बृहत् बाह्य सञ्जालमार्फत् उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।