सिटिजन्स बैंकद्वारा सहयोग

0

सिटिजन्स बैंक इन्टरनेसनलले एचआईभी संक्रमित बालबालिकालाई पालन पोषण, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको साथ नामक संस्थाको हकुनामाटाटा परियोजनालाई एक लाख रुपिया“को आर्थिक सहयोग गराएको छ ।
हरेक वर्ष बैंकले वार्षिकोउत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउ“दै आएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको उपस्थितिमा संस्थाका सञ्चालक क्रिस्टिमा कार्कीलाई उक्त चेक हस्तान्तरण गरिएको छ । हकुनामाटाटा परियोजनाले काठमाडौंमा ३० र पोखरामा १० गरी जम्मा ४० जना एचआईभी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने संस्थाका सञ्चालक कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोेधन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले बालबालिकाको मनोबल बढाउने कुरा अभिव्यक्त गर्नुभयो ।