प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।
प्रतिनिधि सभा सभामुखमा उम्मेदवारी नदिएको नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा पनि उम्मेदवारी नदिने निर्णय गरेको हो ।
राष्ट्रिय सभा विद्वत र विज्ञहरुको सभा भएकोले त्यसको गरिमा अभिवृद्धिका लागि निर्विरोध अध्यक्ष चयन गर्न मार्गप्रशस्त गर्ने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेसका जम्मा १३ जना सांसद रहेका छन्।