देश विकासमा समर्पित हुन सबैलाई आव्हान : प्रम ओली

0

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल सर्जिकल भवनको शुक्रबार शिलान्याश गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा समर्पित हुन सबैलाई आह्वान गर्दै तोकिएकै समयभित्र काम सम्पन्न नगर्ने निकायमाथि कडा कारबाही हुने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री ओलीले प्रतिष्ठानले समयभित्रै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेकाले आफू सर्जिकल भवनको शिलान्याश गर्न आएको पनि स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले देश बनाउन आफूले कडाभन्दा कडा कदम चाल्ने घोषणा गरे । उनले सरकारले सबै निकायले काम गरे–नगरेको कडा निगरानी राख्ने पनि बताए ।
प्रधानमन्त्री ओलीले मुलुकको स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । सरकारले काम गर्नेलाई मात्रै सम्मान गर्ने नीति लिने प्रधानमन्त्री ओलीको भनाई छ । उनले आफू भ्रष्टाचार नगर्ने र कसैले गरे सैह्य नहुने चेतावनी पनि दिए ।
उनले ‘अवको नेपाल गतिशील नेपाल’ भन्दै त्यसमा आलटाल गर्ने छुट कसैलाई नहुनेतर्फ समेत सचेत गराए ।