पञ्चकन्या समूहले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेको ‘पहिलो महिला पत्रकार आरोहण संस्था’लाई आरोहणको सफलताको लागि एक कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा पञ्चकन्या समूहका प्रबन्ध निर्देशक तथा कर्मचारीको उपस्थितिमा प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले टिमलाई समूहको तर्फबाट सहयोग रकमको चेक हस्तान्तरण गर्दै आरोहणको सफलतासहित विदाई गर्नु भएको थियो ।
पञ्चकन्या समूहले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको जनाएको छ ।
