एनआईसी एसियाको धन वर्षा मुद्धती खाता पुनः शुरू

0

एनआईसी एसिया बैंकले ‘धन वर्षा मुद्धती खाता’ लाई पुनः शुरू गरेको छ ।
एक वर्ष अवधिकोे उक्त मुद्धती खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रुपमा ब्याज भुक्तानी गर्ने बैंकले जनाएको छ । देशभर १८० वटा शाखामध्ये जुनसुकै शाखाबाट उक्त मुद्धती खाता खोल्न सकिने र मुद्धती रसिदको धितोमा मौज्दातको ९० प्रतिशतसम्म कर्जासमेत उपलब्ध गराउने बैंकको भनाइ छ ।
यसअघि बैंकले सञ्चालनमा ल्याएको ‘समुन्नति प्लस बचत खाता’ सञ्चालनमा रहिरहेको छ । साथै ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १० प्रतिशतका दरले ब्याज प्रदान गर्दै आएको जनाएको छ ।
बैंकको १८० शाखा कार्यालय, १८३ एटीएम सञ्जाल, ४ एक्स्टेन्सन काउन्टर, ३ शाखारहित बैंकिङ सेवा रहेका छन् ।