१०८औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले अग्रणी महिला स्कुटर चालक कमला श्रेष्ठलाई सम्मान गरेको छ ।
३० को दशकमै स्कुटर चलाएर महिला स्वतन्त्रताको आन्दोलनमा टेवा पु¥याउनुका साथै महिला उद्यमशीलताको विकासमा महत्वपूर्ण भूमिका खेलेकी श्रेष्ठलाई एमएडब्लुले यामाहा स्कुटर हस्तान्तरण गरेर सम्मान गरेको हो ।
राजधानीमा आयोजित कार्यक्रममा कमला श्रेष्ठले सुरुवाती दिनमा स्कुटर चालकका रुपमा आफूले भोगेका अप्ठ्यारा र समस्याका बारेमा अनुभव बाड्नुभएको थियो । ‘छोरीबेटीलाई स्कुल नै नपठाउने समयमा केटाहरुका अगाडि स्कुटर चढेर हिंड्नु निकै चुनौतीपूर्ण थियो’ –सौन्दर्य व्यवसायी तथा महिला उद्यमी श्रेष्ठले भन्नुभयो ।
समाजले राम्रो नजरले नहेर्ने, जिस्क्याउने तथा हतोत्साहित गर्नेसम्मका मानिस आफुले भेटे पनि घरपरिवारको साथ पाएर कारण लामो समयसम्म स्कुटर चलाएएको श्रेष्ठको भनाइ छ ।
श्रेष्ठ हाल नेपाल उद्योग तथा वाणिज्य महासंघका कार्यकारी सदस्य तथा महिला उद्यमशीलता विकास कमिटि अध्यक्षका रुपमा कार्यरत हुनुहुन्छ ।