सिटिजन्स बैंक र नेपाल इन्स्योरेन्सबीच बैकास्योरेन्स सम्झौता

0

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैकास्योरेन्ससम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतापत्रमा सिटिजन्स बैंक लिकातर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र नेपाल इन्स्योरेन्स कम्पनी लिकातर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गर्नुभएको हो ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट नेपाल इन्स्योरेन्स कम्पनी लिको निर्जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवाहरु लिन सक्नेछन्् । यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो–छरितो र सहज रुपमा निर्जीवन बीमासम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

देशको १४ वटै अञ्चलमा फैलिएको यस बैंकले काठमाडौं उपत्यका भित्र २४ र बाहिर ४३ गरी कुल ६७ वटा शाखा, ६५ वटा ए.टि.एम. काउन्टर र ९९ वटा शाखारहित बैकिङ्ग सेवाबाट आधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।