वृज सिमेन्टद्वारा सहयोग

0

केडिया अर्गनाईजेसनअन्तर्गतको वृज सिमेन्ट इण्डष्ट्रिज प्रालि ललितपुरको कानदेवताथानमा रहेको गुरुद्वारा गुरुनानक सत्संग समितिलाई ४ लाख रुपिया“ बराबरको सिमेन्ट सहयोग गरेको छ ।
उक्त गुरुद्वारा गुरुनानक सत्संग समितिले विभिन्न देशबाट नेपालका धार्मिक तीर्थस्थलहरुमा दर्शन एवम् पूजा गर्न आउने भक्तजनलाई बसोबासको लागि गुरुद्वाराले धर्मशाला निर्माण शुरु गरेको हो ।
उक्त भवन २४ कोठाको हुनेछ भने यहा“ बस्न आउने भक्तजन तथा तिर्थालुलाई गुरुद्वारले निःशुल्क खाना र बस्नको व्यवस्था गर्नेछ । यो गुरुद्वार पंजावीहरुको गुरु, गुरुनानको नाममा खोलिएको हो ।
वृज सिमेन्ट उद्योगले पोर्टल्यान्ड पोजोलाना सिमेन्ट (पीपीसी), साधारण पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) र पोर्टल्यान्ड स्लाग सिमेन्ट (पीएससी) सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दैै आइरहेको छ । कम्पनीले साधारण पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) मा वृज सुपर प्रिमियम र शंकर शक्ति उत्पादन गर्दछ भने, पीपीसी सिमेन्टअन्तर्गत वृज, जम्वो, लक्ष्मी, वृज गोल्ड, वृज सुपरकिंग्स र स्मार्ट सिमेन्ट ब्रान्ड उत्पादन गर्दछ ।