सानिमा बैंकको सात नयाँ शाखाहरु

0

सानिमा बैंक लिले डडेलधुराको अमरगढी, कैलालीको टिकापुर, पाल्पाको तानसेन, उदयपुरको गाईघाट, सप्तरीको राजबिराज, इलामको माई र इलाम (बजार) गरी सात वटा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा थप बिस्तार गरेको छ ।

अमरगढी र टिकापुर शाखा कार्यालय समुदघाटन् बैंकका ब्राण्ड प्रवद्र्धक वरिष्ठ कलाकार हरीवंश आचार्य र संचालक भरतबहादुर थापाद्वारा संयुक्त रुपमा उद्घाटन गर्दै र तानसेन शाखा कार्यालय ब्राण्ड प्रवद्र्धकद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा संचालक भरतबहादुर थापाद्वारा संयुक्तरुपमा समुद्घाटन भयो ।

समुदघाटन् समारोहमा सानिमा बैंकका संचालक भरतबहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहकवर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको बताउनुभयो । साथै, ग्राहक तथा सम्पूर्ण सरोकारवलाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै थप शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समुदघाटन् समारोहमा मह जोडीले नेपालको विभिन्न स्थानहरुमा थ पशाखा संचालनमा आएकोमा सम्पूर्ण स्थानियवासीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनिविश्वशनीय बैंकको रुपमा निरन्तर बिस्तार हुन शुभकामना व्यक्त गर्नुभयो ।
सानिमा बैंकको हाल ५८ शखा, १ एक्सटेन्सन काउन्टर र ६७ ए.टि.एम. रहेको छ ।