प्रिमियर लिग फुटबलमा टोटनह्याम र म्यानचेष्टर युनाईटेड विजयी भएका छन् ।
प्रतियोगीताको १६औँ जित हात पार्ने क्रममा टोटनह्यामले क्रिष्टल प्यालेसलाई १–० ले पराजित गर्यो । प्रतिस्पर्धात्मक खेलको ८८औँ मिनेटमा हेरी केनले गरेको गोल उसको जितका लागी पर्याप्त बनेको हो । २८ खेलको समाप्तीमा ५५ अंक जोडेको टटनह्याम तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
चेल्सीलाई २–१ ले हराउँदै युनाईटेड पुन: दोस्रो स्थानमा उक्लिएको हो । खेलको ३२औँ मिनेटमा विलियमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ३९औँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै म्यान युनाईटेडलाई बराबरीमा पुर्याएका थिए । ७५औँ मिनेटमा गोल गर्दै म्यान युनाईटेडले महत्वपूर्ण जित हात पारेको हो । जेसे लिङगार्डले निर्णायक गोल गरे ।
