नेपाल रग्वी संघको आयोजनामा सप्ताहव्यापी रग्वी प्रतियोगिता शुरु भएको छ ।
आइतबार भएको उद्घाटन खेलमा नेपाल वुमन रग्वी क्लब र दोस्रो खेलमा हिमालयन रग्वी क्लबले विजयी सुरुआत गरेको छ । रग्वी संघले सप्ताहव्यापी रग्वी महोत्सवअन्तर्गत राष्ट्रिय महिला सेभेन्स रग्वी प्रतियोगिता र राष्ट्रिय पुरुष ‘१५’ रग्वी प्रतियोगिता तथा विद्यालयस्तरीय गल्र्स र ब्वाइजको प्रतियोगिता सञ्चालन गरेको हो ।
बुढानिलकण्ठस्थित टिआइए ग्राउन्डमा भएको लिगको पहिलो खेलमा नेपाल वुमन रग्वी क्लबले एभरेस्ट रग्वी क्लबमाथि ४–२ ट्राइको जित निकाल्यो ।
नेपाल वुमनलाई जित दिलाउन सबिना महर्जनले ३ र एलिसा थापाले १ ट्राई गरिन् । एभरेस्टका लागि सिर्जना राइले २ ट्राई गरे पनि आफ्नो टोलीलाई जित दिलाउन सकनिन् । दोस्रो खेलमा हिमालयन ह्वाइट रग्वी क्लबले एडभेन्चर रग्वी क्लबमाथि १–० ट्राईको संघर्षपूर्ण जित निकाल्यो । हिमालयनकी मनिषा थापामगरले गरेको एक ट्राई नै जितका लागि पर्याप्त रह्यो । नेपाल वुमन र हिमालयनले जित निकाल्दै फाइनलमा पुग्ने बलियो आधार बनाएका छन् । ६ क्लब सहभागिता रहेको लिगमा शीर्ष २ स्थानमा रहने क्लब फाइनलमा पुग्नेछन् ।
प्रतियोगिताको उद्घाटन नेपाल रग्वी क्लबका अध्यक्ष टंकलाल घिसिङले गरेका थिए । कार्यक्रममा अध्यक्ष घिसिङले सीमित श्रोत र साधनमा पनि संघले खेलको विकास अगाडि बढाइरहेको बताए । सो अवसरमा संघका महासचिव चेतनराज गिरी र सचिव गोविन्द घिमिरेलगायतको उपस्थिती रहेको थियो । पुरुषतर्पm आगामी १६ फागुन र विद्यालयस्तरीय आगामी २० फागुनदेखि सुरु हुने संघका महासचिव गिरीले जानकारी दिए ।
