लुम्बिनी विकास बैंकले मर्जरको कारण दोहोरिएको न्यूरोडको शाखा बनस्थलीमा स्थानान्तरण गरेको छ ।
उक्त शाखा बंैकका सञ्चालक सदस्य चिन्तामणि भट्टराईले उद्घाटन गर्नुभयो। सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललगायतको सहभागिता रहेको थियो ।
बैंकको देशभर ६० शाखा सञ्जाल तथा १२ एटीएममार्फत् विभिन्न निक्षेप तथा कर्जा सुविधाका साथ अन्य बैंकिङ सेवा दि“दै आएको छ ।