जेसीबीको आधिकारिक आउटलेट डडेलधुरामा

0

नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले डडेलधुरामा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) शुरु गरेको छ । नया“ ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् । देशको सुदूरपश्चिम क्षेत्रमा विकास निर्माणको कामले तीव्रता पाएस“गै निर्माण व्यवसायीको सहजतालाई ध्यानमा राखेर जेसीबीले आधिकारिक आउटलेट शुरु गरेको हो ।
नया“ ‘एआरओ’को उद्घाटन निर्माण व्यवसायी संघ डडेलधुराका अध्यक्ष बलबहादुर गुरुङले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा नया“ ‘एआरओ’का प्रबन्ध निर्देशक रामबहादुर विष्टले सेवाको गुणस्तरमा कुनै सम्झौता नहुने बताउनुभयो । यसअघि एमएडब्लु अर्थमुभर्सले बनेपा, गल्छी, दोलखा र लहानमा ‘एआरओ’ स्थापना गरिसकेको छ ।
एमएडब्लु अर्थमुभर्सले जेसीबी मेसिनको संख्या बढिरहेका अन्य स्थानमा पनि एआरओ स्थापना गर्ने लक्ष्य लिएको छ । बिक्रीपछिको सेवामा बढी विश्वास गर्ने भएका कारण नेपालमा जेसीबीको सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको छ । हाल जेसीबीले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगन्ज, चितवन, दाङ, सुर्खेत र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् ।