सन् १९७८ देखि कोका कोला फिफाको आधिकारिक प्रायोजक रह“दै आएको छ । यो ४०अँंै वर्षको आधिकारिक प्रायोजकमा कोका कोलाले यस वर्ष नेपालमा सबैभन्दा ठूलो अभियान ल्याएको छ । ‘कोक खाम् रसिया जाम्’ जहा“ ४० जना भाग्यशाली उपभोक्ताले फिफा प्रत्यक्ष हेर्न रसिया जान पाउने छन् । कोका कोला नेपालले आफ्ना उपभोक्तालाई निकै ठूलो र आश्चर्यजनक क्याम्पेन सार्वजनिक गरेको छ । ‘कोक खाम्, रसिया जाम्’ अफरअन्तर्गत कोकाकोलाका उपभोक्ताले जीवनमा एकपटक आउने मौका प्राप्त गर्ने छन् । यस योजनाअन्तर्गत भाग्यशाली उपभोक्ताले सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् ।
यस योजना अन्तर्गत ४० भाग्यशाली उपभोक्ताले रसिया पुगेर विश्वकपको प्रत्यक्ष अनुभव गर्नेछन् । यसका अलावा २०० उपभोक्ताले दैनिक आकर्षक उपहार जित्न सक्नेछन् । फिफा लोगो अंकित फिफा वल्र्डकप बिशेष उपहारहरु जस्तै स्पिकर, हेडफोन, पेन ड्राइभ जस्ता वस्तु जित्न सक्ने छन् भने हरेक दिन २ जनाले २४ इन्चको टेलिभिजन जित्न सक्नेछन् । यसरी यो पूरै क्याम्पेनमा १२ हजार ६०० जनाले बिभिन्न प्रकारका उपहार जित्न सक्नेछन् ।
कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले भन्नुभयो–‘विश्वकप शुरु हुन अगाडि ‘कोक खाम, रसिया जाम्’ अभियान सञ्चालन गर्न पाएकोमा हामी निकै खुशी छौं । फिफास“ग हामीले ४० वर्षदेखि सहकार्य गर्दै आइरहेका छौं । हाम्रा महत्वपूर्ण उपभोक्तालाई हामीले सबैभन्दा ठूलो अवसर सिर्जना गरेका छौं र उहा“हरुलाई यो अभियानमा भाग लिन प्रोत्साहन गर्द छौ । यो निकै ठूलो क्याम्पेन हो जहा“ १२ हजार ५०० बिजेताले फिफाको लोगो अंकित बिषेश उपहार जित्न सक्ने छन् । लेवल पछाडि रहेको युनिक कोड ३७७२२ मा पठाएर आफ्नो विश्वकप हेर्ने सपना पूूरा गर्न सक्नु हुनेछ ।’
बोर्टलर्स नेपालका प्रबन्ध निर्देशक पुनित वाश्र्ने भन्नुहुन्छ–‘हामीले विश्वको सबैभन्दा लोकप्रिय खेलस“ग लामो समयदेखि सहकार्य गर्दै आएका छौं । लोकप्रिय खेल र लोकप्रिय पेय पदार्थ बीचको सहकार्यले उपभोक्तालाई जीवनमा एकपटक अस्मरणीय अनुभव प्रदान गर्ने छ ।’
यो योजना फेब्रुवरी १५ देखि शुरु भएर अप्रिल १५ ताखिसम्म सञ्चालन हुने छ । यो अफरमा ३०० एमएल, ५०० एमएल, १ लिटर, १.५ लिटर र २.२५ लिटरका कोक, फेन्टा ओरेन्ज, फेन्टा लेमोन, स्प्राइट र कोक जिरोमा लागू हुनेछ । यो क्याम्पेनमा १८ वर्ष पूरा गरेका नेपाली नागरिकले भाग लिन पाउने छन् ।
यसमा सहभागी हुनुहुने उपभोक्ताले १० अंकको युनिककोड जुन लेबलको पछाडि राखिएको हुन्छ, त्यसलाई ३७७२२ मा एसएमएस गर्नुपर्नेछ । लक्की ड्रमा राति १२ बजेदेखि बेलुका ७ बजेसम्म आएका एसएमएस समावेश गराइने कम्पनीले जनाएको छ ।