सुजुकी सेलेरियोको धुम्म चक्कर

0

सुजुकीका चार पांग्र्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले राष्ट्रव्यापी सुजुकी सेलेरियो टेस्टराइड क्याम्पेनलाई माघ महिनामा पनि निरन्तरता दिएको छ ।
उपभोक्तालाई खरिद निर्णय लिनुपूर्ण पहिलो अनुभव तथा सन्तुष्टि प्रदान गर्ने सोचका साथ कम्पनीले आयोजना गरेको यस कार्यक्रम सुजुकीका १० वटा आधिकारिक शोरुमबाट माघभर सञ्चालन गरेको हो । कम्पनीले यस टेस्ट राईड कार्यक्रम हालसम्म जम्मा १८ स्थानमा सफलतापुर्वक भएको जनाएको छ ।
कम्पनीका अनुसार माघ महिनामा ७ सय १४ जना टेस्ट राईडको कार्यक्रममा सहभागी भएका थिए । सहभागी भएका ग्राहकले सकारात्मक धारण व्यक्त गर्दै सुजुकी सेलेरियो एक परफेक्ट फेमिली कार भनेको कम्पनीले जनाएको छ ।
कम्पनीका मार्केटिङ एन्ड स्ट्रयाटिजी डिजीएम सिरज पन्तका अनुसार ग्राहकको उल्लाहसपूर्ण सहभागिताले कम्पनीको यो शुरुवातलाई आशापूर्ण प्रतिक्रिया दिएको थियो । हालसम्म १२ सयभन्दा धेरुै ग्राहकवर्गले यो सुविधा महशुस गरेको कम्पनीको दाबी छ।
सेलेरिया ‘द परफेक्ट फेमिली कार’ नेपाली बजारमा गत पुस महिनामा टेस्ट राइड अभियानमार्फत्् बजारमा ल्याएको थियो । हरेक टेस्ट राइडमा उपभोक्ताले आकर्षक उपहारका साथै १ जना भाग्यमानी उपभोक्ताले बम्पर १ लाख रुपिया“ क्यासब्याक जित्ने अवसर पनि प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।