एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त, शपथ ग्रहण दिउँसो ४ बजे

0

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान अनुरुप नै अध्यक्ष ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाइसकेका थिए ।
शपथ ग्रहण दिउँसो ४ बजे
राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । नवनियुक्त प्रधानमन्त्री ओलीले आजै ४ बजे शीतल निवासमा सपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।