सेन्चुरी कमर्सियल बैंकले नेपाल प्राकृतिक तथा मानव स्रोत विकास संघद्वारा सञ्चालन ‘सुरक्षित, स्वस्थकर तथा पुन प्रयोग हुने घरेलु सेनेटरी प्याडको तयारी र उपयोग’ सम्बन्धी दुई दिने तालिममा ५० हजार रुपिया“ आर्थिक सहयोग गरेको छ ।
बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईको उपस्थितिमा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले तथा संस्थाका संस्थापक अध्यक्ष डा. दिनेशराज शर्मालाई चेक हस्तान्तरण गर्नुभएको छ ।
बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित उक्त तालिम महालक्ष्मी नगरपालिका, सिद्धिपुरमा भएको थियो ।
सो तालिममा उपस्थित महिलाले महिला स्वास्थबारे थुप्रै जानकारी हासिल गरेको बैंकले जनाएको छ ।
बैंकले हालसम्ममा ९४ वटा शाखा, ३८ वटा एटीएम, १४ वटा शाखारहित बैंकिङ र ६ वटा एक्स्टेन्सन काउन्टरबाट बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।