नामिवियामा भइरहेको विश्व क्रिकेट लिग डिभिजन–२ को खेलमा नेपालले जित हात परेको छ ।
बिहीबार भएको खेलमा घरेलु टोलीलाई १ सय ३९ रनको लक्ष्य नेपालले ९ विकेट गुमाएर ४ बल बाँकी राख्दै नेपालले जित हासिल गरेको हो ।
नेपाललाई जित दिलाउन वसन्त रेग्मीको आक्रमक ब्याटिङ कारक बन्यो । नामिबियाविरुद्धको खेलमा अन्तिम दुई ओभरमा वसन्तले १ छक्का र १ चौका प्रहार गर्दै नेपाली टोलीका लागि जित सम्भव बनाएर नेपाली क्रिकेट फ्यानहरुलाई खुसी ल्याई दिए ।
नेपालले जित्न अन्तिम ६ बलमा ७ रन बनाउनुपर्ने समीकरण बनेको खेलमा नेपालको अन्तिम जोडी क्रिजमा थिए । वसन्त रेग्मी र सन्दीप लामिछानेमाथि नेपाललाई जित दिलाउन ठूलै दबाब परेको थियो । पछिल्लो ओभरमा वसन्तले १ छक्का प्रहार गरेर पनि नेपाललाई अन्तिममा जित्न केही रनको मात्रै आवश्यक थियो । पहिलो बलमा २ रन र दोस्रो बलमा चौका प्रहार गरेपछि नेपालले नामिबियाको स्कोरमा १ सय ३८ सँग बराबरी गरे अर्को बल वाइड फ्यालिएपछि नेपालले जित आत्मसात गरेका थिए ।
वसन्त २४ बलमा २ चौका र १ छक्काको सहयोगमा २४ रनमै नटआउट रहे भने सन्दीप १ रनमा नटआउट थिए । नवौं विकेट रूपमा १ सय २१ को स्कोरमा सोमपाल १३ रन बनाएर आउट भएपछि नेपाल हार्ने संभावना बढी भएको थियो, तर वसन्त एक्लैले १८ रन जोडेर नेपालले नामिबियासँग नहार्ने यात्रा लम्ब्याई दिए । नेपालले नामिबियालाई चार खेलमै हराएको छ ।
कप्तान पारस खड्का (१९ रन) पनि २ चौका प्रहार गरेर छिटै आउट भए भने आरिफ शेख (०), ज्ञानेन्द्र (१५ रन) र दिपेन्द्र सिंह ऐरी (६ रन) समेत क्रिजमा धेरैबेर जम्ने कोसिस गरेनन्। योसँगै करण केसी (३ न) छैटो विकेटका रूपमा आउट हुँदा नेपालको स्कोर ५६ रन थियो ।
