एमाले–माओवादीबीच छिट्टै पार्टी एकता ः गौतम

0

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले र माओवादी केन्द्रबीच छिट्टै एकता हुने बताउनुभएको छ । उहाँले एकाएक कुनै दुर्घटना नभए दई पार्टीबीच पार्टी एकता हुने बताउनुभएको हो ।
एमाले निकट पत्रकारको संगठन प्रेस चौतारीको २०औं स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष छिट्टै पार्टी एकताको लागि कोशिस भइरहेको बताउदै कुनै दुर्घटना भएन भने छिट्टै पार्टी एकता हुने बताउनुभयो ।
उपाध्यक्ष गौतमले नयाँ सरकार केपी ओलीकै नेतृत्वमा बन्ने बताउदै सरकारको नेतृत्व गर्ने विषयमा बामगठबन्धनभित्र विवाद नरहेको बताउनुभयो । उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल र एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईलेलगायतको सहभागीता रहेको थियो ।