जापानको डिजिटल करेन्सी एक्सचेन्ज क्वाइनचेकले ह्याकिंगबाट ५३ करोड ४० लाख डलर बराबरको भर्चुअल मुद्रा चोरी भएको जानकारी दिएको छ । क्वाइनचेक जापानको सबैभन्दा ठुलो डिजिटल मुद्रा एक्सचेन्ज मध्यको एक हो । हाल उसले बिटक्वाइन लगायत सबै प्रकारका क्रिप्टोकरेन्सीमा लेनदेन गर्न बन्द गरेको छ । कम्पनीले एनइएम नामको भर्चुयल करेन्सीमा भएको नोक्सानको आंकलन गरिरहेको छ । कम्पनीका एक प्रतिनिधिले जापानी सन्चार माध्यमलाई कम्पनीका लगानीकर्तालाई पैसा फिर्ता गर्न सायदै सम्भव हुने बताए । (एजेन्सी)
Previous Articleसानिमा बैंकको चार नयाँ शाखाहरु
Next Article पटुकीको दौडधुपमा रजनी