एभरेस्ट बैंकले ३३ प्रतिशत बोनस शेयर दिने

0

एभरेस्ट बैंकको २३औं साधारणसभाले आर्थिक वर्ष २०७३÷७४ को वार्षिक प्रतिवेदन पास गरेको छ ।

उक्त साधारणसभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको ३३ प्रतिशत बोनस सेयर र १ दशमलव ७४ प्रतिशत नगद लाभांश (कार प्रायोजनको लागि) लाई दिने प्रस्ताव अनुमोदन गरेको छ ।

अब वितरण हुने बोनस शेयरपछि केन्द्रीय बैंकले तोकेअनुसार बैंकको चुक्ता पु“जी ८ अर्बभन्दा बढी हुने भएको छ । बैंकले बार्षिक साधारणसभाको अवसरमा ५ वटा नया“ शाखासमेत खोलेको छ ।

बैंकले ६९ शाखा, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन केन्द्र, ९५ एटीएमबाट सेवा दि“दै आएको छ । बैंकले निकट छिट्टै ११ नया“ शाखा थप गर्दै आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ ।