नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप : आज आर्मी र एपीएफ उपाधिका लागि भिडन्त हुने

0

दोस्रो संस्करण अन्तरराष्ट्रिय आमन्त्रित नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि दुई विभागीय टीम एपिएफ र त्रिभुवन आर्मी भिड्ने भएका छन् ।

आज सोमबार धनगढी रंगशालामा भएको खेलमा दुवै टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

धनगढी रंगशालामा आइतबार भएको दोस्रो सेमिफाईनलमा घरेलु टोली सुदूरपश्चिम–११ लाई स्तव्ध पार्दै एपिएफ फाईनलमा पुगेको हो ।

खेलको पहिलो हाफमा घरेलु टोली सुदुरपश्चिम ११ ले विभागीय टोली एपीएफलाई निकै दवाबमा राखेको थियो । पहिलो हाफमा गोल गर्ने थुप्रै मौका पाए पनि सुदूरपश्चिमले गोल गर्ने मौका गुमाएको थियो ।

एपीएफका लागि पहिलो गोल अन्जन विष्टले ५७औ मिनेटमा गर्दै आफ्नो टिमलाई अग्रता दिलाए ।

खेलको ५७औं मिनेटमा मैदानको दाँया तर्फ सुदूरपश्चिमका खेलाडीले बल आउट भएको मान्दै छोडेको बललाई एपिएफका युवराज खड्काले गरेको क्रसलाई सदुपयोग गरेका अन्जनले कुल फिनिस गर्दै एपिएफलाई अग्रता दिलाएपछि आक्रोसित दर्शकहरुले मैदानमा पानीको बोतल प्रहार गरेपछि खेल केहीबेर रोकिएको थियो । त्यसको १९औँ मिनेटमा एपीएफकै नविन लामाले गोल गर्दै अग्रता दोब्बर बनाए ।

सुदूरपश्चिमका खेलाडीको थ्रोलाई खोसेर लामाले काउन्टर अट्याक गर्दै आफ्नो टीमका लागि गोल गरेका हुन । त्यसको ९ मिनेटपछि नवीनको बक्स भित्रबाटको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो । खेलमा थपिएको ईन्जुरी समयमा घरेलु टोलीले गोल गर्ने प्रयास गरे पनि सफल भएन । गोल रहित पहिलो हाफमा भने दुवै टोलीले सशक्त प्रयास गर्न सकेका थिएनन् । एपिएफका नवीन लामा खप्तड मेडिकल स्टडिज एण्ड हेल्थ साईन्स म्यान अफ द म्याच भए । उनले नगद १० हजार हात पारे ।

आर्मी आज चौथो उपाधिका लागि मैदान उत्र्रिनेछ । आर्मीले गत महिना सताक्षी गोल्डकप र मेची नेत्रालय काकरभिट्टा र वीरगन्जमा विशाल स्मृति गोल्डकप जितेको थियो । तर विभागीय टीम तीन पटक फाईनल पुगेर पनि उपाधि जित्न सकेको छैन ।