शुक्रबार बसेको मन्त्रिपरिषद््को बैठकलले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ ।
२०३६ कात्तिक २७ गते धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा प्रहरीले गोली चलाउँदा १६ जनाको हत्या भएको थियो ।
तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा गोली चलाएको आरोप वामपन्थीहरूले लगाउँदै आएका बेला सरकारले मृतकहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्् बैठकले प्रदेश प्रमुख र अस्थायी मुकामबारे निर्णय गर्ने बताइए पनि आज कुनै निर्णय गरेन ।
सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले मन्त्रिपरिषद बैठकमा प्रदेश प्रमुख र अस्थायी मुकामबारे कुनै निर्णय नभएको बताए । उनको अनुसार प्रदेश प्रमुख र अस्थायी मुकामबारे बैठकमा सामान्य छलफल मात्रै भएको बताउनुभयो ।