विभिन्न स्थानमा प्रदेशको राजधानी माग गर्दै आन्दोलन भइरहेका बेला सरकारले प्रदेशको अस्थायी राजधानी तोक्न आवश्यक तयारी गरेको छ ।
सोमबार मन्त्रिपरिषद्् कार्यालयले सोमबार विज्ञप्ति प्रकाशित गरी सरकारले अस्थायी राजधानी तोक्न आफ्नो धारणा सार्वजनिक गरेको हो ।
नेपालको संविधानको धारा २८८ को उपधारा २ मा प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभाबाट निर्णय हुने उल्लेख छ ।
मन्त्रिपरिषद््को कार्यलयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सभा सदस्यको निर्वाचन भइसकेको अवस्थामा प्रदेशसभाका सदस्यहरुलाई सपथ ग्रहण गराउनेलगायतका कार्यहरु तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले प्रदेश कार्य संचालनका लागि अस्थायी रुपमा स्थान तोक्न आवश्यक तयारी गरिरहेको व्योहोरा सर्वसाधरणलाई जानकारी गराइन्छ ।’

