७५औ ‘गोल्डेन ग्लोब अवार्ड’ समारोहमा फिल्म तथा टीभीमा काम गर्ने कलाकारलाई सर्वश्रेष्ठ अभिनयका लागि सम्मान गरिएको छ ।
सोसियल बी डेलिम अवार्ड पाएपछि ओपरा विनफ्रेन्डले भने– ‘नयाँ दिनको सुरुवात हुँदै छ । जहाँ कसैले अर्को पटक मलाई अन्याय भयो भन्ने स्थिति आउने छैन ।’
हलिउडमा भएको यौन उत्पीडन र स्क्याण्डलले यो अवार्डमा निकै धेरै चर्चा पायो ।
हलिउडमा यौन उत्पीडन स्क्याण्डलपछिको यो पहिलो र ठूलो अवार्ड हो । पीडितको सम्मानमा कलाकारहरु कालो पोशाकमा समारोहमा उपस्थित भएका थिए ।
समारोहमा हलिउडको ताजा माहोललाई फोकस गरिएको थियो । ‘मी टु र टाइम्स अप’ अभियानको धेरैले समर्थन गरेका थिए । जो केवल मनोरञ्जन जगतमा मात्र केन्द्रित थिएन पुरै दुनियाँमा महिलाका लागि केन्द्रित थियो ।
