अहिले मनाङमा माइनस १६ डिग्री तापक्रम पुगेको छ भने मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारीहरु मात्र देखिने गरेको छ ।
अत्यधिक चिसो बढेपछि यहाँ रहेका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् । बाह्रै महिना चिसो हुने मनाङ जिल्लामा जाडोको समयमा जाडो छल्नका लागि यहाँका बासिन्दा अयन्त्र जाने गर्दछन् ।
